राष्ट्रलाई बलियो बनाऊने आधार के ? – अनिल योगि

हालको राजनितिक परीवेसमा राष्ट्रलाई बलियो बनाऊने आधार के ? भन्ने प्रश्न मा वहाँ भन्नू हुन्छ ; कुनै पनि देशलाई बलियो बनाउने राज्यका केही महत्वपूर्ण जिम्मेवारी पाएका संरचना हुन्छन् । पहिलो आधार र संरचना भनेको जनमुखी सरकार र राज्य व्यवस्था हो । दोस्रो आधार र संरचना भनेको सार्बभौमसत्ता र स्वतन्त्रताको रक्षागर्ने संबैधानिक दायित्व पाएको राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अंग सेना हो ।

तेस्रो आधार र संरचना भनेको देशमा न्यायनिसाफ चुस्तदुरुत राख्ने न्यायलय अर्थात अदालत हो । चौथो आधार भनेको आन्तरिक सुरक्षाको जिम्मेवारी लिएका राज्यका अन्य सुरक्षा निकायहरु हुन् । पाचौं आधार र संरचना भनेको निजामती कर्मचारिहरु र तिनका सयन्त्र हुन् ।

यो तीन दशकमा यी पांचवटा निकायको जिम्मेवारी लिनेहरुले नेपाली जनताकाविचमा एक दशक लामो आन्तरिक युद्ध के कारणले भयो भन्ने बारेमा सामुहिक रुपमा समिक्षा गर्दै,देशलाई थितिमा राखेर संचालन गर्नुपर्छ भन्ने कुरामा बहस र छलफल गर्दै,देशलाई थामी राख्ने उचित काम किन गरेनन् ?

देशमा मानवचित शासन व्यवस्था हामी जस्ता शडकबाट चिच्याउने मान्छेले हाक्ने हो वा जिम्मेवार निकायमा बसेकाहरुले हाक्ने हो ?

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*