शरीरका अबयबहरु

  • गोमती पनेरू

हाम्रा शरिरका भित्र रहेका यन्त्र रुपमा ।
तिनकै महिमा लेखे जान्नै पर्ने हिसाब का॥
प्राण ब्यान समानै ति र उदान अपान इ ।
पन्च प्राण भए जानौ बायुका सब हुन् गति॥

प्राण हो ह्रिदयै सम् मकण्ठ देखी सुरु हुने।

समानह्रिदयै देखी नाभी सम्म चियाउने॥
अपान नाभि देखीका तल्लो भाग नियन्त्रण।

उदान शिरको भाग सिमोटी तह लाउने ॥
ब्यान बायु शरिरै का सारा भाग बहन्छ यो ।

ईपॅाच प्राण बायु हुन् म भन्छु उप प्राण लौ॥

देबदत्त अनि नाग क्रिंकल कुर्मले अनि ।
धनन्जय यती पॅाच कहिन्छन् उप प्राण इ॥

समस्त बेगका काम समाल्छन् यिनले पनि॥

जमाइ छिंक आॅखाका पलकै चिम्लनु अनि ।

समालछन् लघु संकार दिर्घ संका हरुपनी॥

खाएको हामिले खाना धातु सात बनाउछ ।

निकालि अग्नि कुण्डैले रस रक्त बनाउछ ।

मासु हाड र बोसो भै मासी सुक्र क्रमै सित ।

यिनै धातु मिलि सारा गर्छन् देह सुचालित॥
गुण छन् जनमा तीन सत्व रज र तामस ।
जस्तो खाना उसै बन्छ खाना अन्सारको गुण ॥

सत्य ले रसिलो मीठो ताजा भोजन खोज्दछ ।

रजले सबथोक् ठिक्क राजसि भोग रोज्दछ ॥

बासि खट्टो अति पिरो झट्ट हेर्दा गन्हाउने ।
बन्छ त्यो तामसि खाना देह उत्ताउलो हुने॥
जति जाने उति पस्के समाज र समानमा ।
भए गल्ती क्षमा मागे ज्ञानी औ बिग्य लोकमा॥

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*