
खबर नेपाल सम्वाददाता,
धनगडी, कैलाली
हालसम्म १० बजे देखी ३ बजे सम्म अस्पतालले नियमित विशेषज्ञ सेवा संचालन गरिरहेको मा २०७९ साल फाल्गुन १६ गते बाट नै लागुहुने गरी EHS (Extended Health Service) सेवा सुरु गरेको छ । सो सेवा थप हुदा दुर दरार बाट आउने गरेका बिरामीहरुले पाउने गरेको सास्ती अब उपरान्त नहुने आसा गरिएको छ । सेवा बिस्तार भए संगै अस्पतालले केही न्युनतम अतिरिक्त शुल्क लिएर नियमित समयावधि भन्दा अतिरिक्त समयमा पनि बिशेषज्ञ सेवा प्रारदान नियमित राख्ने छ । साथै बिरामीहरुको अत्याधिक चापले गर्दा अपरेशन लगायतका सेवाहरु पनि महिनौ सम्म पालो बस्नु पर्ने र सो ही कारण निजी अस्पताल धाऊने गरेको बर्तमान बाध्यात्मक स्थिती रहेकोमा, अब भने नियमित भन्दा अतिरिक्त तर निजी अस्पतालको तुलनामा अत्यन्त कम खर्चमा अस्पतालमै अपरेशन लगायतका अन्य सेवा सुबिधा पनि बिरामीहरुले पाऊने भएका छन् ।
Be the first to comment