एक दिन बाबाको गुरुदेवले ऊनलाई सेतो कमलको फुल दिनु भयो र भन्नू भयो तिमी यो कमलको फुल नर्मदा नदिमा राख्नु र नदिको बहाव सङ्गै फुल जहाँ जहाँ जान्छ नडराईकन फुललाई पछ्याऊदै जानु । जुन ठाउँमा फुल नदि भित्र डुब्ने छ, त्यस स्थानमा तिमीलाई नर्मदेश्वर माहादेव मिल्ने छन । यत्ती वचन सुनेपछी बाबाले आफ्नो गुरुको अनुसरण गर्दै गए र जुन ठाऊमा सेतो कमलको फुल डुब्यो त्यस स्थानमा गोता हान्दा नर्मदेश्वर शिवलिङ्ग भेटे । सोही शिद्ध शिवलिङ्ग अहिले मुल्लाभिरी बाबा मन्दिरमा स्थापित छ ।
स्थानिय भक्तजनका अनुसार ऊनको दिव्यताको बखान गरेर साध्य छैन धेरै दिव्य पुरुष हुनुहुन्थ्यो । वहाँ नित्य गङ्गास्नान पश्चात आफ्नो नित्य कर्म गर्नु हुन्थ्यो । सादगी यत्ती सम्म थियो कि भक्तजनले ऊनको कुटी निर्माणार्थ ल्याएको एक ईट नि प्रयोग गर्न दिनु भएन । साधुले झुपडीमै बस्ने हो भन्ने गर्नु हुन्थ्यो र वहाँले सारा जिवन त्यही फुसले बनेको कुटीमा गुजारे । श्रद्धालुले दिनमा १ खुराक ल्याऊने गर्दथे । त्यही एक खुराक दिनभरी जति भक्तजन आऊने गर्थे त्यही एक खुराकबाट खाने गर्दथे र बाबाले अन्तिममा खाने गर्थे त्यसपछी मात्र खुरा सक्किन्ने गर्थ्यो । बाबाको त्यो चमत्कार नै मान्नु पर्छ, वहाले नखान जेल सम्म जत्ती श्रद्धालु आएर खाए पनि खाना कहिलेई सक्किन्न थियो । रामायण कथन वहाँलाई अत्यन्त प्रीय थियो । वहाँ ब्रम्हलिन भैसकेको आज २० बर्ष भयो अझै पनि यहाँ अखण्ड रामायण २४सै घण्टा चली रहने गरेको छ । यहाँ आऊने रामायण लगाऊने घण्ट चढाऊनेको ताती हुन्छ । श्रद्धालुका अनुसार अहिलेसम्म एक मानिष पनि छैन जसको मुराद पूरा नभएको होस् ।
बाबाले कहिलै आफ्नो चरण स्पर्श गराऊनु भएन । १/२ पटक नव आगन्तुकहरुले चरण स्पर्श गर्दा वहाँ तत्काल बिहोश हुनु भयो तत्पश्चात वहाँलाई कहिल्यै चरण स्पर्श गरीएन ।
जहाँ अहिले मन्दिर छ त्यस स्थानमा घनघोर जङ्गल थियो । स्थानिय बासीहरुले राती राती त्यस स्थानमा संखनाद हुने गरेको हुनाले खोजी गर्दै आऊदा बाबाको साधना स्थल फेला परेको थियो । एक पटक गाऊमा पानीको हाहाकार भयो सबै गाऊलेले बाबा सङ्ग हार गुहार गरेपश्चात बाबाले आफ्नो चिम्टाले भुईमा रेखा हालेर भन्नू भयो यश स्थानमा खोदाई गर तल कुवा भेटीनेछ । बाबाको कथनानुसार खोदाई गर्दा त्यहा प्राचीन कुवाको अवसेस भेटीयो र पानी पनि । बाबाले कुवाको बिचमा आफ्नो चादरले कुवालाई २ भागमा बाड्नु भयो । स्थानियको कथन अनुसार चादरको एक भाग तिर पानी र अर्को भाग तिर सर्वत आऊने गर्थ्यो । स्थानियहरु बाबाको गुणगान गाऊन नै नसकिने अबिभ्यक्ती दिदै थप्दै गए हामी केही काम सुरुवात गर्दा पनि यही बाबाको मन्दिरमा आऊछौ र पुजा गरेरमात्र सुरुवात गर्ने गरेका छौ । बाबाको कृपाले अहिले सम्म सबै राम्रै चलेको छ । बाबाले आफ्नो ऊत्तराधिकारी कसैलाई नबनाऊनु भएको ले अहिले मन्दिर मा आफ्नै तरीकाले श्रद्धालुहरु आएर पुजापाठ गर्ने गरेका छन् ।
१२० बर्षको ऊमेरमा सन् २०२३मा समाधिस्त हुनु भन्दा ८ दिन अगाडि, ऊनले आफ्नो ब्रम्हलिन हुने समय तोकेका थिए । ८औं दिनको दिन सिद्धासनमा बसी ध्यानस्थ भएर भक्तजनहरुको अघि देह त्याग गरे । तत्पश्चात मन्दिरको ठिक सामुन्ने वहाँको समाधिस्थल स्थापना गरि त्यही समाधिको माथी ऊनको मुर्ती स्थापना गरेर अहिले मन्दिर निर्माण गरिएको छ ।
Be the first to comment